लुम्बिनिमा प्रदूषण घटाउने उद्देश्यले ल्याइएका विद्युतीय बस काठमाडौंमा !
लुम्बिनिका पर्यटन व्यवसायी लीलामणि शर्माले फेसबुकमा असन्तुष्टि जाहेर गरेका छन, ‘कहीँ नभएको जात्रा लुम्बिनी विकास कोषमा देखियो ।’ यहाँ प्रदूषण घटाउने उद्देश्यले ल्याइएका विद्युतीय बस काठमाडौंमा सञ्चालनपछि उनी दिक्दार बनेका हुन् । लुम्बिनी प्रदूषणको चपेटामा परेपछि विद्युतीय बस चलाउने योजना बनेको थियो । त्यसको तयारी भइरहेका बेला ती बस काठमाडौंमै चलेको उनले बताए । भैरहवा भन्सार कार्यालयमा रहेका बस गत आइतबार ट्रकमा राखेर काठमाडौं पुर्याइएको
Read more