जुलाई १ तारिख बाट हङकङको झण्डा भन्दा माथी चिनको झण्डा फहराउँन सुरु
हिजाे २०२०, जुलाई १ तारिख बाट हङकङको झण्डा भन्दा माथी चिनको झण्डा फहराउँन सुरु भएको त्यहाँका एक नेपाली लेखक, पत्रकारले आफ्नो फेसबुक संजालमा लेखेका छन् । हरेक औपचारिक कार्यक्रमहरुमा गाउँनु पर्ने चिनिया राष्ट्रिय गान पनि हिजै देखि सबै स्कुल, कलेज हरुमा अनिवार्य गाउँनु सुरु गरिएको विभिन्न पत्रपत्रिकाहरुमा पनि आइसकेको छ। त्यस्तै स्वतन्त्र हङकङकाे नारा जुलुस गर्ने नागरिकहरूलाइ पक्राउ गरि कार्वाही गर्न हिजाेकै मिति बाट लागुहुने गरि हङकङकाे संविधानमा कानुनकाे व्यवस्था गरि कार्वाही सुरू गरेकाे छ ।
सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिए सँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ । हङकङमा प्रजातन्त्रबादीहरु बिघटित भएका छन्, आफ्नो माग पूरा नहुने भएपछी जस्वा वङ जस्ता युवा नेताहरुले २ दिन अगाडि डेमोसिस्ट पार्टीको महासचिब पदबाट राजिनामा दिएकाे बताइकाे छ।