खोकनावासी किसानहरुको आन्दोलन चर्किंदै- सरकारले के गर्ला ?

२० असार २०७७- खोकनावासी किसानहरुले आज पनि आफ्नो जग्गा सरकारलाई नदिने र आफ्नो जग्गामा खेति गर्न किन नपाउँने ? भन्दै नारा जुलुस सहित आन्दोलन गरेका छन्। ठुलो संख्यामा सहभागी किसानहरुलाई तितरबितर तर्न दर्जनौं प्रहरीहरुको उपस्तिथी थियो तथा अवस्थाले गम्भिर रुप लिन भने पाएन। सरकारल बाहिरी चक्रपथ फास्ट ट्रयाक र विभिन्न प्रयोजनको लागि खोकनाको सयौं किसानहरुलाई बिस्थापित गर्दै त्यहाँका अत्यन्त पुरानो नेवा: सम्पदाहरु मासिने गरि सरकारले जबर्जस्ति किसानहरुको जग्गा कप्जा गरेको छ जो अन्तराष्ट्रिय श्रम संगठन र मानव अधिकार बिपरित छ।


सरकारले यो भन्दा पहिले पनि उपत्यकावासीका जग्गाहरु जबर्जस्ति विकाशको नाममा सस्तो मुआब्जामा कब्जा गरि भुमाफिया मार्फत विभिन्न व्यक्तिहरुलाई बेची नेताहरुले कमिशन खाँदै नेवारहरुलाई उपत्यकाबाट बिस्थापित गर्ने मास्टर प्लानमा रहेको तर अब त्यस्तो हुन दिने छैनौं, अभियान्ताहरुको भनाइ छ। आन्दोलनकारीहरुले सुरुङ्ग मार्ग चाहिंदैन, बागमती करिडोर चाहिंदैन, हाम्रो जग्गा छोड्दैनौं, किसानमारा सरकार चाहिंदैन, हाम्रो भुमि हाम्रो माटो प्रण भन्दा प्यारो छ, सरकारी मुआब्जा लिंदैनाै, फास्ट ट्र्याक चाहिंदैन, बाहिरी चक्रपथ चाहिंदैन, सम्पदा मास्न पाइँदैन, नेवा एकता जिन्दावाद जस्ता दर्जनाै नारा र नेवाः झण्डा सहित आन्दोलनकारिहरु सभागी थिए।

Leave a comment