सति प्रथामा तामाङ समाजमा प्रभाव- भाषाविद् याेन्जन

भाषाविद् तथा अभियान्ता अमृत याेन्जन तामाङले फेसबुकमा तामाङ जातिले राणाहरूबाट भाेग्नुपरेकाे अन्याय बारे एक सय बर्ष पहिले सम्म रहेकाे सतिप्रथा संग जाेडेर तुलना गर्दै यस्ताे लेखेका छन, सति प्रथाको अन्त भएको १०० वर्ष पूरा भएको दिन रहेछ आज। हिन्दू परम्परामा श्रीमान मर्दा श्रीमती पनि लाससंगै जल्नु पर्ने प्रथा थियो। हदैको अमानवीयता। नेपालमा त नोकर चाकर पनि मालिकसंगै जल्नु पर्ने थियो भन्ने हरफहरु इतिहासमा पाइन्छ। तामां जातिलाई मास्न वा कमारो (दास) बनाउन मिल्ने जातिको श्रेणीमा राखेर राणा दर्वारमा ढोके, छाते, हुक्के र रखैल र केटीस्या बनाएर दास दासी बनाए। राणा मालिकको मृत्युसंगै कैयौं तामांहरू जलेर मरे होलान्, यस तर्फ हाम्रा इतिहासकारहरूको ध्यान जान सकेको छैन, जान आवश्यक छ। आज पनि हजारौं तामां युवाहरू हिन्दू राज नेताको पछि लागेर पार्टीको नेतासंगै सति प्रथालाई निरन्तरता दिइरहेका छन् भने त्यस ताका थिएनन् होला भन्न सकिन्न।

अमृत याेन्जन तामाङ

आजको दिनले मलाई हज्सन पेपर- “मूर्मीहरूको कुलाचार” (सन् १८४७) को स्मरण गरायो। त्यस पेपरमा तामां समाजमा सति प्रथाको विस्तृत वर्णन छ। आज भन्दा ३० वर्ष अगाडि प्रोफेसर क्याथरिन एस. मार्चले सो पेपर प्रस्तुत गर्दा सबैजसो तामां बौद्धिक वर्गले “यो हुन सक्दैन, तामां समाज हिन्दू नहुनाले यस्तो सम्भव छैन” भनेर आपत्ति जनाएको थियो।

समाज सत्ताबाट प्रभावित हुदों रहेछ। मैले यसबारे उपत्यका वरिपरिको तामां गाउघरको त्यस कथनको सर्वे़क्षण गर्दा उपत्यका वरिपरिका तामां भेकमा सतिप्रथाको केही छनक पाएको थिए तर बकमफुसे गफ ठानेर पन्छ्याइ रहे। आज तामां मूल्य र मान्यता तोडेर वा कुल्चेर आफ्ना प्रिय नेतासंग सतिजान तयार तामां युवा दास्ता हेर्दा र राणाकालीन परिवेश हेर्दा तामांहरु सति गएनन् होला भन्न सकिन्न। सति गएको आभास हुन्छ र हडसन पेपरमा लेखेको कुरा सत्य जच्दछ। सति तामां संस्कृति होइन तर सत्ताको रापतापमा र मासिन्य मतवालीको हैसियत हेर्दा तामांहरू सति गए होलान भन्ने अटकल काट्न सकिन्छ । यसबारे पनि गहनढंगले वहसको थालनी गरौं र तामाड० इतिहासको बलियो जगको निर्माण गरौं। July-09-2020

Leave a comment