काेराेना राेकथामकाे लागि सुर्य नेपाल प्रालिले एक कराेड सहयाेग,

गण्डकी प्रदेश सरकारले काेराेना महामारी राेकथाम र नियन्त्रणका लागि स्थापना गरेकाे कोषमा आज २०७७ असार ३० गते सूर्य नेपाल प्रालिले गण्डकी प्रदेशकाे मुख्यमन्त्रि पृथ्वी सुब्बा गुरूङलाइ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएर रू १०,०००,०००/- (एक करोड रुपैयाँ) सूर्य नेपाल प्रालिका वाणिज्य प्रमुख गौतम, यादवले हस्तान्तरण गरेका छन ।
मुख्यमन्त्रि गुरूङले आफ्नो फेसबुकमा दातालाइ धन्यवाद दिंदै उक्त कुरा फाेटाे सहित राख्दै लेखेका छन, कोभिड १९ रोकथाम र नियन्त्रण गर्न गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोषमा आज २०७७ असार ३० गते सूर्य नेपाल प्रालिबाट १००००००० (एक करोड रुपैयाँ) सहयोग प्राप्त भएको छ ।