नेपाल मगर संघ शाखा इजरायलकाे अध्यक्षमा ‘मन मास्की राना मगर’ निर्वीराेध निर्वाचित ।

नेपालको आदिवासी जनजातिहरुमा सबै भन्दा धेरै जनसंख्या भएको जाति मगरहरुको साझा छाता संगठन नेपाल मगर संघको विदेश शाखा नेपाल मगर संघ शाखा, इजरायलको हिजो मिति साउन २ गते २०७७ तदनुसार १७ जुलाई २०२०, शुक्रबार साँझ कोरोना महामारीको कारण प्रत्यक्ष भेला भएर कार्यक्रम गर्न नमिल्ने भएको परिस्थितिमा जुम अनलाइन बाट संस्थाको सातौँ बार्षिक उत्सव साथै चौंथो अधिवेशन सम्पन्न गरेकोछ।

Photo-Nayan Imsong Yakthungba

निबर्तमान अध्यक्ष लिला थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगर प्रमुख अतिथि, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ, इजरायलकी अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो , त्यस्तै विशेष अतिथिमा नेपाल बाट सहभागी केन्द्रिय पदाधिकारीहरु साथै मगर जन्य संघ संस्थाहरुका प्रतिनिधिहरु, त्यस्तै गरि अतिथिमा इजरायल बाट विभिन्न राजनीतिक, सामाजिक, धार्मिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी थिए।

Photo-Nayan Imsong Yakthungba

सचिव बिबस आले मगर द्वारा संचालित उक्त कार्यक्रममा निबर्तमान महासचिव धनु काउचा मगरले बार्षिक प्रतिवेदन र निबर्तमान कार्यसमितिको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै कोष अध्यक्ष चित्र गुज्जाली मगारने आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। पुरानो समिति बाट थप हुँदै आएको संस्थाको कोष बृहत रुपमा बृद्वी गरि ८० हजार सेकेल पुराएको र उक्त कोषबाट मगर मातृभाषा शिक्षाको लागि ६० (हजार सेकेल नेपाली रुपैंया २० लाख) आसपासको संस्थाले शैक्षिक कोष स्थापना गरेको घोषणा गरेका थिए।

Photo-Nayan Imsong Yakthungba

शुभकामना मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि मगर संघ केन्द्रिय अध्यक्ष नबिन रोका मगरले संस्थाको क्रियासिलता, उन्नति र प्रगतिको लागि बधाई ज्ञापन गर्दै दलगत राजनीति बिना आदिबासी जनजाति लगायतका उत्पीडित जाति समुदायले अधिकार प्राप्त गर्ने अर्को बाटो नरहेकाेले जुनसुकै पार्टीमा रहे पनि आफ्नो मुद्वामा केन्द्रित हुनुपर्ने सुझाव राखेका थिए। त्यसरी नै महासंघ इजरायलका पुर्व अध्यक्षहरु, राजनीतिक, सामाजिक, धार्मिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले पनि शुभकामना राखेका थिए।

Photo-Nayan Imsong Yakthungba

निबर्तमान अध्यक्ष लिला थापा मगरले आफ्नो कार्यकालमा सहयोग गर्ने मगर संघ शाखा इजरायलका समिति अन्य नागरिक, संघ संस्थाहरुलाई धन्यवाद ब्यक्त गर्दै आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरि निर्वाचन समितिका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ इजरायलका निबर्तमान अध्यक्ष तारा बहादुर काउचा मगरलाई नया समिति निर्माणको प्रक्रिया अगाडी बढाउँन अनुरोध गरेकी थिन।
निर्वाचन समिति संयोजक तारा बहादुर काउचा मगरले छोटकरीमा प्रक्रिया अगाडी बढाउँने क्रममा नया समितिको पुर्व तयारि बारे कुनै दावी बिरोध नभएकोले मन मास्की राना मगरको अध्यक्षतामा निर्विरोध ११ सदसिय नया कार्य समिति र ६ सदसिय संरक्षक, सल्लाहाकार समिति (पुरा नामावली तल छ) घोषणा गरेका थिए । निर्वाचित पदाधिकारीहरूलाइ निर्वाचित प्रमाण पत्रहरू बितरण गरिएकाे थियाे ।
निर्विरोध निर्वाचित सम्पूर्ण प्रत्यक्ष उपस्थित र जुमबाट सहभागि पदाधिकारीहरूलाई प्रमुख अतिथि नबिन रोका मगरले मगर भाषामा सपथ ग्रहण गराएका थिए।

Leave a comment