नेफिन इजरायलले जुम द्वारा २६औं विश्व आदिवासी दिवस मनाउँने अन्तिम तयारी गर्दै ।
नेपाल आदिवासी जनजाति महासंघ इजरायलले यसी अगष्ट ९ तारिख २०२०, आइतबार इजरायलको समयानुसार ५:३० बजे साँझ जुम द्वारा २६औं विश्व आदिवासी दिवस मनाउँने तयारि गरिरहेको छ। नौ महिना अघिदेखि विश्वलाई आक्रान्त बनाइरहेको महामारी कोरोना भाइरसले गर्दा धेरै मानीसहरु भेला भएर समुहमा सभा सम्मेलन तथा भेटघाट गर्न नसकिने अवस्थामा सामाजिक संजाल वा विभिन्न संजाल बाट कक्षा, अन्तरक्रिया, भर्चुअल बैठक बस्ने चलन चलिरहेको बेलामा नेपाल आदिवासी जनजाति महासंघ इजरायलले पनि यो विधि प्रयोग गरेर अनलाईन कार्यक्रम गर्ने तयारि भइरहेको आयोजकले जानाएको छ।
जुम भर्चुअल कार्यक्रमको प्रमुख अतिथिमा इजरायलका लागि नेपाली राजदुतावासका महामहिम राजदुत अन्जान शाक्यले सहभागी जनाउँने उल्लेख गरिएको छ भने अन्य वक्ताहरु महासंघका केन्द्रिय कार्यवाहक महासचिव सुकवीर थामी, नेपालका आदिवासीहरुको मानवाधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप) का सचिव अधिवक्त्ता शंकर लिम्बु त्यस्तै आदिवासीहरु सम्बन्धि स्वतन्त्र अनुसन्धानकर्ता तथा लेखिका कैलाश राइ लगायत केहि स्थानीय वक्त्ताहरुको पनि प्रस्तुति रहने जनाइएको छ।
Good job
LikeLike