संघीय लिम्बुवान सामाजिक मंच इजरायलकाे अध्यक्षमा प्रकाश पाहिम निर्विरोध निर्वाचित ।

इजरायल – नेपालमा नगन्य राजनीतिक दलहरु छन् त्यस मध्ये एक हो संघीय लोकतान्त्रिक राष्ट्रिय मंच पार्टी। यस दलको संरचना भने अन्य दलहरुको भन्दा पृथक देख्न सकिन्छ। नेपालको मेजर जातिहरुको आ-आफ्नो प्रादेशिक झण्डाको परिकल्पना सहित स-साना ग्रुपमा ठाउँ ठाउँमा प्राय विभिन्न किसिमका आन्दोलनहरु गरिरहेको देखिन्छ र बिदेशहरुमा पनि शाखा बिस्तार गरेको देखिन्छ जस मध्ये इजरायलमा पनि संघीय लिम्बुवान सामाजिक मंच स्थापित छ। यहि संगठनले महामारी कोरोनाको बीच हाल चलन चल्तीमा आएको जुम सफ्टवेर मार्फत यही अगष्ट ३ तारिख साेमबार आफ्नो दोस्रो अधिवेशन सम्पन्न गरेको छ।

संगठनकी निबर्तमान अध्यक्ष माया चेमजोङ आङदेम्बेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पार्टीका अध्यक्ष कुमार लिङदेन मिराक, सोहि पार्टीबाट प्रदेश नं १ मा एउटा समानुपातिक सिट प्राप्त गरेकी प्रदेश सभा सदस्य बिष्णु तुम्बाहाङफे, पार्टीका केन्द्रिय पदाधिकारीहरु, प्रादेशिक नेताहरु र बिदेश संगठनका प्रतिनिधिहरुको पनि सहभागिता थियो। त्यस्तै स्थानिय अन्य पार्टीका प्रतिनिधि, विभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधि तथा अध्यक्षहरुको उपस्थिति थियो।

आयोजकले राजनीतिक दलका सबै प्रतिनिधिहरुलाई र केन्द्रिय नेताहरुलाई ५-५ मिनेटको शुभकामना मन्तब्य राख्न समय प्रदान गरेको थियो। कार्यक्रम संचालिका गीता तुम्बाहाङफेले वक्ताको निर्धारित समय सक्ने बित्तिकै जनाउ गर्ने गरेकोमा सांसद तुम्बाहाङफेले प्रतिक्रिया दिंदै आफुलाई प्रदेश सभाहलको सम्झना आयो भन्दै संचालिकाको प्रसंसा पनि गरेकी थिन। मन्तब्यकै क्रममा ३० मिनेट पाएका प्रमुख अतिथि कुमार लिङदेन मिराकले ठुला दलहरु आदिवासी, दलित, मधेसी लगायत सबै उत्पीडित जाति समुदायको अस्तित्व सक्ने खेलमा लागेको आरोप लगाउँदै त्यसको रक्षा गर्न आफ्नो पार्टी कहिल्यै नझुक्ने बताएका छन् आदिवासीहरुको मुख्य बसोवास हिमाली र पहाडी भूभाग रहेको कारणले नै छ वटा प्रदेशहरुको राजधानी तराइतिर राखेको आरोप पनि लगाएका छन्
संघीयताको मूल मर्म र भावना अनुसार नेपालमा पूर्ण अधिकार र पहिचान सहितको लिम्बुवान, किरात खम्बुवान, तामाङसालिङ, शेर्पा, नेवा, मगरात, तमुवान, खसान, थरुहट, मधेस र गैर भौगोलिक शिल्पी (दलित) प्रान्त गरि (१०+१) प्राप्तिको लागि सबै उत्पीडित जाति समुदाय एक हुन अनुरोध गरेका छन्। र अन्य पार्टीका वक्ताहरुले जनताको म्यान्डेड नै अन्तिम शक्ति भएकोले तपाइहरुले चुनाव जितेर आएपछि मात्र लोकतान्त्रिक मूल्यमान्यता अनुसार तपाइहरुको मागहरु सम्बोधन हुन्छ भन्ने सुझाएका थिए। दोस्रो चरणको अर्थात् बन्दसत्र बाट प्रकाश पाहिमको अध्यक्षतामा १३ सदसीय निर्विरोध निर्वाचित नया कार्यसमिति निर्वाचन समितिको संयोजकको भूमिकामा रहेका नयन इम्सोङ याक्थुङबाले घोषणा गरेका थिए।

नया कार्यसमिति:
१, अध्यक्ष : प्रकाश पाहिम
२, बरिष्ठ उपाध्यक्ष : प्रताप मादेन
३, उपाध्यक्ष : दुर्गा चोङबाङ
४, उपाध्यक्ष : इन्दु लावती
५, महासचिव : गीता तुम्बाहाङफे
६, सचिव : संगीता आङथुपो
७, कोष अध्यक्ष : धनु देवान
८, सदस्य : प्रविन आङबुङ
९, सदस्य : सुदीप आङबुहाङ
१०, सदस्य : बसन वनेम
११, सदस्य : रोजी मगर
१२, सदस्य : खुमा लिम्बु
१३, सदस्य : कन्चन काङबा लिम्बु रहेका छन्।

Leave a comment