नेफिन इजरायलको अध्यक्षमा मिङमा शेर्पा निर्विरोध निर्वाचित ।

इजरायल– हिजो इसं २०२१, जुन १८ तारिख शुक्रबार इजरायलको तेलअविभ शहरको लेवेन्स्कि,९९ नम्बरकाे विल्डिङमा नेपाल आदिवासी जनजाति महासंघ, इजरायलको नवौं बार्षिक उत्सव साथै साधारण सभा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको प्रमुख अतिथिमा आमन्त्रित इजरायलका लागि नेपाली राजदुतावासकी महामहिम राजदुत डा. अन्जान शाक्य उपस्थित हुने अघिल्लो समाचारहरुमा प्रचार भए पनि अन्तिम घडीमा नेपालबाट मन्त्रीको आगमन भएकोले आफु आउँन नपाउँने राजदुतले जानकारी गरेको कार्यक्रम आयोजकले जनाएको छ।

महासंघकी निवर्तमान अध्यक्ष पेम्बा डोल्मा ह्योल्मोको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम महासचिव सुर्य राना मगर र प्रथम सचिव आङनिमा तितुङ तामाङले संचालन गरेका थिए । प्रमुख अतिथि राजदुत डा. शाक्यको अनुपस्थित हुने भएपछी संघका संस्थापक अध्यक्ष तेन्जिन शेर्पालाई प्रमुख अतिथिमा आशन गराइएको थियो। त्यस्तै बिशिष्ट अतिथिमा महासंघका संस्थापक महासचिव एवम पुर्व अध्यक्ष सुन्दर योन्जन तामाङ, पुर्व अध्यक्षहरू डोमा शेर्पा, निर्मला गुरूङ, नयन इम्सोङ लिम्बु, नरेश कुमार श्रेषठ, तारा बहादुर काउचा मगर, राजनितिक दलका भात्रि संगठनहरू र गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका अध्यक्षलाई आशन गराइएको थियो भने महासंघका सदस्य संस्थाका अध्यक्षहरु लगायत इजरायलमा स्थापित दर्जन जति संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो।

कोभिड -१९, महामारीको कारण करिब एक वर्ष सम्म प्रत्यक्ष रुपमा भेला, सम्मेलन गर्न नसकेको अवस्थाबाट मुक्त भएर पहिलो पल्ट नेपाल आदिवासी जनजाति महासंघ इजरायलले सो कार्यक्रमको आयोजना गरेको हो। नवौं बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रमको अवसर पारेर महासंघको नेतृत्वमा आवद्व सदस्य संस्थाहरुको चक्रिय प्रणाली एक राउण्ड पुरा भएको उपलक्षमा प्रकाशित स्मारिकाको विमोचन पनि गरिएको छ।

स्मारिका विमाेचन

स्मारिकामा महासंघको नौ बर्ष कसरी बित्यो र आवद्व सदस्य संस्थाहरुको भूमिका बारे पनि उल्लेख भएको सभापतिले जानकारी दिइएको छ। साथै नेपाल आदिवासी जनजाति महासंघ केन्द्र र स्वदेश तथा विदेश शाखाहरु मिलेर स्थापना गरिएको “आदिवासी जनजाति महासंघ कोभिड -१९ राहत कोष” को लागि नेफिन इजरायलका आठ सदस्य संस्थाहरुले संकलन गरेको १,५१४,८०८(पन्द्र लाख चौध हजार आठ सय आठ) रुपैयाँ महासंघ इजरायलकी अध्यक्षलाइ संयुक्तमा हस्तान्तरण गरेका छन् र महासंघको कोषबाट ११५,१९२(एक लाख पन्द्र हजार एक सय बयानब्बे) थप गरि इजरायल बाट चरणबद्व १६,३०,०००(सोह्र लाख तिस हजार) “आदिवासी जनजाति महासंघ कोभिड -१९ राहत कोष” कोषमा पठाउँने महासंघ इजरायलले जनाएको छ।

आठ सदस्य संस्थाहरुले संयुत्त रूपमा चेक हस्तान्तरण गर्दै । २०२१ जुन १८ शुत्रफबार ।

कार्यक्रमकाे मध्यन्तरमा महासचिव सुर्य राना मगरले महासंघ, इजरायलकाे एकबर्षे प्रतिवेदन र काेष अध्यक्ष आइन्द्र योङया लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पटक पटक समय मिलाउँन कठिन भएकाेले बार्षिक उत्सव र साधारण सभा (अधिवेशन) एकै समयमा गर्दै आएको आयोजकको भनाई छ। यसपालिको साधारणसभा बाट सर्वसम्मतमा मिङमा शेर्पाकाे अध्यक्षतामा १६ सदसीय नेफिन इजरायलकाे सचिवालय निर्वाचित भएकाे छ ।
१/ अध्यक्ष – मिङमा शेर्पा
२/ वरिष्ठ उपाध्यक्ष- नानीमाया योन्जन तामाङ
३/ उपाध्यक्ष- कशिस बान्तावा राई
४/ उपाध्यक्ष- आशमाया तमूस्यो
५/ उपाध्यक्ष- आइन्द्र योङया लिम्बु
६/ उपाध्यक्ष- सुर्य बहादुर राना मगर
७/ उपाध्यक्ष – ल्हाक्पा डोल्मा ह्योल्मो
८/ महासचिव – राजकुमारी श्रेष्ठ
९/ प्रथम सचिव- रेखा तमूस्यो
१०/ सचिव- उपेन्द्र राई
११/ सचिव- ईन्दु लावती लिम्बु
१२/ सचिव- जमुना थापा मगर
१३/ सचिव – ज्योति प्रधान श्रेष्ठ
१४/ सचिव – पेमा शेर्पा
१५/ कोष अध्यक्ष – मदन नेगी तामाङ
१६ सह-कोषाध्यक्ष – पासाङ नुर्वु श्याङवा ह्योल्मो

नव निर्वाचित नेफिन इजरायल सचिवालय

Leave a comment