चुनावी समयमा नेताहरूको फेसबुक ह्याक्ड

धनगढीमा नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार नृपबहादुर वडको फेसबुक आइडी ह्याक गरिएको “पश्चिम टुडे” ले लेखेको छ । उम्मेदवार नृपबहादुर वडका अनुसार ३ दिन पहिले फेसबुक आइडी ह्याक भएको हो । बिहीबार देखि फेसबुक चलाउन खोज्दा नचल्ने भयो उम्मेदवार वडले भने, ‘ मलाई मोबाइलमा समस्या आएर नचलेको हुनसक्छ भन्ने लाग्यो तर आइटीलाई चेक गर्न लगाउँदा फेसबुक आइडी नै ह्याक गरेको रहेछ । फेसबुक आइडी ह्याक विपक्षी उम्मेदवारले योजनाबद्ध रुपमा गरेको हुन सक्ने बताए । उनले भने, ‘अनुसन्धानको प्रक्रियाका लागि निवेदन गर्दैछु । ”

चुनावको प्रचार प्रसारका क्रममा महत्त्वपूर्ण सूचना लिने, दुरुपयोग गर्ने तथा जनसम्पर्कलाई विच्छेद गर्ने उद्देश्यले आफ्ना विरुद्ध साइबर अपराधी प्रयोग गरिएको उम्मेदवार वडले बताए । लामो समय देखि आफ्ना विरुद्ध सामाजिक सञ्जालको दुरुपयोग गर्दै झुटो प्रचारप्रसार गर्ने विपक्षी उम्मेदवारले सुनियोजित रुपमा साइबर अपराधी प्रयोग गरेको हुनसक्ने उम्मेदवार वडले बताए ।

त्यस्तै संघीय लोकतान्त्रीक राष्ट्रिय मन्च पार्टीका अध्यक्ष कुमार लिङदेनको फेसबुक पनि साता दस दिन देखि ह्याक्ड भएको पार्टीका अन्य नेताहरू मार्फत जानकारी गरेका छन । लिङदेनले यसबारे कुनै बिपक्षिलाइ आरोप लगाएका छैनन् तर आफ्ना प्राविधिकहरु संग परामर्श लिईरहेको बताएका छन्। नेपालमा फेसबुकको कार्यलय नहुनुले पनि यस्ता समस्याहस्को समाधान गर्न निकै कठिन छ । जो जस्ले यो गैरकानुनी हर्कत गरेको भए पनि पत्ता लगाइ कार्वाही गर्न जरूरी छ । Nayan Imsong.

Leave a comment