प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४६ औं स्मृतिमा कविता वाचन प्रतियोगिता

इजरायल- नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्या. लखन थापा मगरको १४६ औ स्मृती दिवस जुम भर्चुअल मार्फत मनाउँने तयारी भइरहेकोछ । आगामी फागुन २ गते २०७९ तदनुसार फेब्रुअरि १४ तारिख २०२३ मा प्रथम पुरस्कार रू ५०,०००/- द्वित्तीय रू २५,०००/- तृतीय रू १५,०००/- साथै चाैंथाे र पाचाैं हुने २ जनालाइ रू ५,०००/५,०००/- सहित वृहत कविता वाचन प्रतियोगिता कार्यक्रम रहेको महासंघको आधिकारिक फेसबुक प्रोफाइलमा जानकारी गरेको छ। लुकेर बसेको साहित्य प्रतिभालाई उजागर गर्ने सुर्वण अवसरलाई सदुपयोग गर्नका निमित्त विश्वभरिका साहित्य प्रेमी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ इजरायल परिवार हार्दिक आव्हान सहित अपिल गर्द्छौ भनिएकोछ ।

नेपाल सरकारले नै प्रथम शहिद घोषणा गरिसकेको हुनाले यो जिम्मेवारी नेपाल सरकारको भएता पनि कुनै चासो नदेखाएको प्रति नेफिन इजरायलले दुःख व्यक्त गर्दै इजरायलमा रहेको नेपाली दुतावासले भए पनि प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४६ औ स्मृती दिवस कार्यक्रम आयोजना गर्न केहि दिन अगाडी महासंघका अध्यक्ष सहितका दर्जन प्रतिनिधिहरू नेपाली राजदुतावास मै पुगि राजदुत कान्ता रिजाललाई भेटि ज्ञापन पत्र बुझाएका थिए । तर आयोजकका भनाइ अनुसार दुतावासले अहिले नै त्यस किसिमका कार्यक्रम गर्न सरकारको निर्देशन र बजेट चाहिने भएको र छलफल गर्ने समय पर्याप्त नभएको जनाइएकोले अहिलेलाई महासंघ इजरायलले नै आयोजना गर्न लागेको महासंघकी अध्यक्ष नानीमाया योन्जन तामाङले बताएकी छिन ।

कविहरूलाइ सहभागि हुने सामान्य नियमहरू पनि निम्न प्रकारका समावेस गरिएकोछ ।

# नेपाली साहित्य बिधा भित्र पर्ने कवितालाई छनोट गरिने छ ।

# कविताको शिर्षक ” प्रथम शहिद ” रहेको छ ।

साहित्य प्रतियोगिताको नियमहरु :-

१) कविता १५० शब्द भित्र हुनु पर्नेछ ।

२) प्रतियोगितामा संसार भरिका नेपालीभाषी कवि /साहित्यकारहरुले भाग लिन सक्नु हुनेछ ।

3) कविता कविताको शिर्षकमा आधारित अप्रकाशित / अप्रसारित हुनु पर्नेछ ।

४) कविता वाचन गरी भिडियो सहित देवनागरी लिपिमा लिखित पनि पठाउनु पर्ने छ । कविता वाचन मात्र गरेको वा कविता लिखितमा मात्र आएको कवितालाई मान्यता दिइने छैन ।

५) निर्णायक मण्डलले दिइएको नम्वरका आधारमा विजेता छनौट गरिनेछ ।

६) आफ्नो कविता संगै पासपोर्ट साइजको एक प्रति फोटो सहित स्थाइ र अस्थाई ठेगाना र सम्पर्क नम्बर पठाउनु पर्नेछ ।

७) कविता नेपाल आदिवासी जनजाती महासंघ इजरायलको इमेलमा nfinisrael.info@gmail.com अथवा इन्बक्समा वा संयोजक dik kumar gurung https://www.facebook.com/dikkumar.gurung?mibextid=ZbWKwL

ज्युको फेसबुक इन्बक्समा वा WhatsApp No . 00972584241863/

00972543631086 पठाउन सक्नु हुनेछ ।

८) प्रतियोगितामा भाग लिने इच्छुक महानुभावहरुले आ-आफ्नो कविता यहि जनवरी १८ तारिख २०२३ बिहान ७ बजे देखि फ्रेब्रअरी ७ तारिख इजरायलको समय बेलुकी १२:०० बजेसम्ममा प्राप्त भएको कविताहरुलाई मात्र समावेश गराइनेछ ।

९) प्राप्त सबै कविताहरु संकलन गरि निर्णयको निम्ति सम्बन्धित बिधामा अनुभवी दखल ब्यक्तित्वको तीन सदस्य निर्णायक मण्डल समक्ष पठाइनेछ ।

१०) निर्णायक मण्डलले निर्णय गरेको निर्णय नै अन्तिम निर्णय मान्नु पर्नेछ ।

पुरस्कार राशी यसप्रकार छ:-

१) प्रथम हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया = ५०,००० ( पचास हजार )नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिनेछ ।

२) द्धितीय हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया २५,००० (पच्चीस हजार )नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिनेछ ।

३) तृतीय हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया १५,०००(पन्ध्र हजार ) नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिनेछ ।

४) चौथो हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया ५,०००(पाँच हजार )सान्त्वना पुरस्कार र प्रमाण-पत्रबाट सम्मान गरिनेछ ।

५)पाँचौ हुने बिजेता प्रतियोगितालाई नेपाली रूपैया ५,०००(पाँच हजार) सान्त्वना पुरस्कार र प्रमाण पत्रबाट सम्मान गरिनेछ ।

६) सहभागी प्रतियोगिताहरु सबैलाई प्रशंसा-पत्रबाट सम्मान गरिनेछ ।

# सहभागी सम्पूर्ण प्रतियोगीहरुको रचनालाई नेफिन इजरायलको पेज मार्फत नाम थर र ठेगना सहित सुरक्षित राख्नेछ।

बिजेता घोषणा प्रथम शहिद क्या. लखन थापा मगर ज्युको स्मृती दिवस कार्यक्रम २०२३ फेब्रअरी १४ तारीख मंगलबार घोषणा हुनेछ ।

Leave a comment