लखन स्मृति कप -२०२४ मा मामानेट तर्फ नेपाल युनाइटेम -२ विजयी

नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४७ औं स्मृति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ, इजरायलले (लखन स्मृति कप -२०२४) आयोजना गरेको थियो। २०२४ फेब्रुअरी १७ तारिख शनिबार इजरायलको तेलविव शहरमा सम्पन्न एकदिने उक्त प्रतियोगितामा खेलकुद अन्तर्गत पुरुष भलिबल र मामानेट प्रतियोगिता भएको थियो। मामानेट तर्फ नेपालीको मात्र ३ टिम बीच प्रतिस्पर्दा भएको थियो। टिमहरु: युनाइटेड नेपाल -१, युनाइटेड नेपाल -२ र नेफिन इजरायल।

इजरायलमा नेपालीहरुबीच प्रथम पटक मामानेट प्रतियोगिता आयोजना भएको हो। विवाहित अर्थात आमाहरुको लागि भनेर इजरायलमा यो खेल स्थापना भएको र उक्त खेलप्रति नेपाली महिलाहरुको पनि आकर्षण बढ्दै गएकोले आयोजकले यस खेललाई प्रोत्साहनको लागि लखन स्मृति दिवसको अवसरमा इजरायल मामानेटकी कोच आन्नेन डानेनबर्गको उपस्थितिमा प्रतियोगिता गराएको थियो। सो प्रतियोगितामा युनाइटेड नेपाल -२ बिजयी भई नगद १२०० शेकेल, ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरेकाेछ भने द्वितीय हुन सफल युनाइटेड नेपाल -१ ले पनि नगद ६०० शेकेल, ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरेका छन् । उक्त अवसरमा बिजयी टिम र अरु सबै टिमका खेलाडीहरुलाई इजरायल मामानेटकी कोच आन्नेन डानेनबर्गले बधाई दिएकी छिन।

Leave a comment