मुक्कुमलुङ/पाथिभरा क्ष्रेत्रमा केबलकार निर्माण खारेज गर्न नेफिन इजरायलले नेपाली राजदुतावास मार्फत सरकारलाइ ज्ञापनपत्र !
२०८१ चैत्र १० गते/2025-03-23 नयन इम्सोङ
एसियाको मध्यपूर्व इजरायलमा रहेका नेपाली आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाती महासंघ, इजरायल र महासंघमा आवद्व विविन्न जातिका संस्थाहारुले ताप्लेजुङको मुक्कुमलुङ/ पाथिभरा क्षेत्रमा निर्माण गर्न खोजिएको व्यापारी चन्द्र ढकाल कम्पनीको केबलकार निर्माण कार्य तत्काल रोक्न मात्र होइन खारेज गर्नुपर्ने माग सहित इजरायल स्थित नेपाली राजदुतावास मार्फत प्रधानमन्त्री खड्ग प्रसाद ओली र ताप्लेजुङ जिल्ला प्रसाशन कार्यालयलाई संयुत्त ज्ञापन-पत्र बुझाएकोछ।
ज्ञापनपत्रमा नेपालको संविधान २०७२,को धारा २६ र ३२ ले स्थानिय जनताको सहमतिबिना कुनै पनि नेपाली संस्कार, संस्कृति, सम्पदा र सभ्यतालाई नोक्सान गर्ने वा आँच आउँने भौतिक पूर्वाधारको निर्माण गर्न नहुने व्यवस्था भएको र त्यहाँका आदिमकालदेखि बसोबास गर्ने रैथाने आदिवासी याक्थुङ/लिम्बुहरुको मात्र नभइ शान्तिपुर्ण आन्दोलनमा सहभागि सर्वसाधरणको छातीमा गोलि, बुट, लाठि र अश्रुग्यास बर्षाएर एकजना व्यापारीलाइ फाइदा हुने केबलकार निर्माण गर्न सरकार लागिपरेकोले खेदजनक रहेको आक्रोस व्यत्त गरिएकोछ।
इजरायलका लागि नेपालका राजदुत धन प्रसाद पण्डितले ज्ञापनपत्र बुझ्दै भने- हामी तपाईंहरुको यस पत्रलाई सम्बन्धित ठाउँमा तुरुन्तै पुर्याउँनेछौं। ज्ञापन पत्र बुझाउँन पुगेका नेपाल आदिवासी जनजाति महासंघ, इजरायलका अध्यक्ष, मनु श्रेष्ठ, महासचिव, खुशी क्ल्हे तमूस्यो, पुर्व अध्यक्ष नयन इम्सङ याक्थुङ्बा, प्रतिनिधिहरू- सुर्य राना मगर, प्रेम तमू, ज्योति प्रधान र बिष्णु थापा मगर थिए । नेफिन इजरायलकी महासचिव खुशी क्ल्हे तमूस्योले ज्ञापन पत्र पढेर सुनाएकी थिन र अन्त्यमा अध्यक्ष मनु श्रेष्ठले छुटेका बिषयहरू जोड्दै २०२३, अक्टाेबर ७ देखि बेपत्ता नेपाली बिपिन जोशीको अवस्थाबारे पनि राजदुत संग जीज्ञासा व्यत्त गरेकी थिन भने जवाफमा राजदुत पण्डितले बिपिन जोशीलाइ कहिले छुटाउँन सकिन्छ भन्ने यकीन संग भन्न नसके पनि बिविन्न सरकारी तहबाट पहल वार्ता भइरहेको बताए ।

